धार्चुला सडक निर्माण कार्य रोक्न परराष्ट्रलाई गृह मन्त्रालयले पत्र पठायो

दार्चुला । भारतले सडक निर्माण गर्ने क्रममा नेपालतर्फको बाटो भत्किएपछि गृहले मंगलबार परराष्ट्रलाई पत्र पठाएको छ ।

भारतले धार्चुला–लिपुलेक सडक विस्तार गर्ने क्रममा चट्टान खसेर नेपाली भुमी दार्चुलाको व्यास गाउँपालिका–२, दुम्लिङ र कल्जु जोड्ने बाटो भत्किएको थियो ।

गृहले सीमा क्षेत्रमा भैरहेका यस्ता गतिविधि रोक्नका लागि कूटनीतिक माध्यमबाट पहल गर्न परराष्ट्रलाई पत्र पठाएको हो ।

पत्रमा भारतले टिंकरसम्मको ८७ किमि सडक निर्माण गर्न विस्फोट गर्दा नदी किनारका दुवैतर्फ असर पर्न सक्ने भन्दै यसलाई दुवै देशका प्रतिनिधिबाट समाधान खोज्ने गरी पहल गर्न भनिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?