बैतडीमा नयाँ संक्रमण आज शुन्यमा झर्यो, २६ जना कोरोना संक्रमणमुक्त

बैतडी  । कोरोना महामारीको दोश्रो लहर फैलिएपछि बैतडीमा पहिलो पटक आज कोरोना संक्रमण पुष्टि हुनेको संख्या शुन्यमा झरेको छ ।

४ सय ४९ जनाको कोरोना परीक्षण गर्दा सबैको रिपोट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका सीआइसीटी सहजकर्ता बिनिता चौधरीले बताउनुभयो।

एकजनाको पीसीआर परीक्षण र ४४८ जनाको एन्टीजेन परीक्षण गर्दा सबैको रिपोट नेगेटिभ आएको उहाँले बताउनुभयो । यस्तै आज २६ जनाले कोरोना जितेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा रहेका संक्रमित मध्ये २६ जनाले कोरोना जितेको चौधरीले बताउनुभयो ।

अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या १४० रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?