उद्धार एवं राहतको व्यवस्था मिलाउन पूर्व राजा शाहको आग्रह

काठमाण्डौ । पूर्व राजा ज्ञानेन्द्र शाहले बाढी पहिरो प्रभावितको उद्धार एवं राहतको व्यवस्था मिलाउन आग्रह गर्नु भएको छ । सामाजिक सञ्जाल ट्वीटरमा उहाँले प्राकृतिक विपत्तिको न्यूनीकरणमा सबै मिलेर अघि बढ्नु पर्ने बताउनुभयो।

कोभिड(१९ को महामारीबाट देश आक्रान्त भइरहेको समयमा फेरि बाढी, पहिरो, नदी कटान जस्ता प्राकृतिक विपत्ति आइपरेको भन्दै पूर्व राजा शाहले यस्तो बेलामा सबै मिलेर महामारी र प्राकृतिक विपत्तिको न्यूनीकरण गर्नेतर्फ जिम्मेवार बन्नुपर्ने उल्लेख गर्नुभएको छ ।

उहाँले हिमाल, पहाड र तराईका धेरै जिल्लामा जनधन तथा भौतिक निर्माणमा क्षति भएको एवं ग्रामीण तथा सहरी बस्तीका स्थानीय बासिन्दाको उठीबास भएको खबरले आफूलाई दुस्खित तुल्याएको उहाँले बताउनु भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?