दार्चुला । लगातारको वर्षाका कारण महाकाली र सेती नदीमा पानीको बहाव बढ्दै गएको छ ।
दार्चुलास्थित महाकाली नदीमा पानीको सतह खतरा नजिक पुगेको जनाउदै जिल्ला प्रशासन कार्यालय दार्चुलाले सजकता अपनाउन सार्वजनिक सूचना मार्फत अनुरोध गरेको छ ।
शुक्रबार (आज) बिहान महाकाली नदीको सतह करिब ६ मिटर नजिक पुगेको प्रहरीले जनाएको छ । महाकाली नदी बढेर बंगाबगड क्षेत्रमा तडबन्ध माथि पुगेको स्थानीयहरुले बताएका छन् ।
नदीमा पानीको सतह बढ्दा आसपासका क्षेत्रमा जोखिम बढेकोले सावधानी र सतर्कता अपनाउन प्रशासनले सबैलाई अनुरोध गरेको छ । लगातारको वर्षाका कारण नदी तटिय क्षेत्र र पहिरोको जोखिम रहेका क्षेत्रहरुमा उच्च सतर्कता अपनाउनु आवश्यक रहेको प्रहरीले जनाएको छ ।
बाढी र पहिरोका कारण दार्चुलामा वर्षेनी धनजनको क्षती हुने गरेको छ । मौसम पुर्वानुमान महाशाखाका मनुसार महाकाली र सेती नदीमा पानीको सहत अझै बढ्न सक्ने भएकोले सतर्कता अपनाउन मौसमविदहरुले समेत अनुरोध गरेका छन् । निरन्तरको वर्षाका कारण देशका विभिन्न स्थानमा धनजनको क्षती भइरहेको छ ।

हेर्नुहोस दार्चुला सदरमुकाम खलंगास्थित बंगाबगड क्षेत्रमा तटबन्ध नाघेर बग्दै गरेको महाकाली नदी


विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया