दार्चुलामा चरेशसहित एक पुरुष पक्राउ

दार्चुला । मार्मा गाउँपालिकामा चरेशसहित एक जना पुरुष पक्राउ परेका छन् ।

मार्मा गाउँपालिका वडा नम्बर ४ का ४३ वर्षीय पदमसिह विष्ट २८ ग्राम चरेशसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

लटिनाथमा खुद्रा पसल सञ्चालन गर्दै आउनुभएका विष्टलाई प्रहरीले चरेशसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबं सूचना अधिकारी नरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो ।

बिष्टलाई इलाका प्रहरी कार्यालय लटिनाथबाट खटिएको टोलीले पक्राउ गरेर थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय ल्याइरहेको उहाँले बताउनुभयो ।

पछिल्लो समय दार्चुलामा लागुऔषधको कारोबार तथा सेवन बढेको छ । लागुऔषध नियन्त्रणका लागि प्रहरीले सक्रियता बढाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?