दार्चुला । लगातारको वर्षाले गर्दा महाकाली नदीले खतराको सतह नाघेको छ । शुक्रबार रातीको भन्दा शनिबार बिहान पानीको सहत थोरै घटेपनि जोखिम कायमै रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
महाकाली नगरपालिका-९ दत्तुमा राखिएको जलमापन केन्द्रमा पानीले खतराको सतह पार गरेको सूचना प्राप्त भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
शुक्रबार राती प्रशासनले निकालेको सूचना अनुसार जलमापन केन्द्र दत्तुमा महाकाली नदीको सतह ६.७ मिटर पुगेको छ । भने सदरमुकाम खलंगाको पुलघाटमा ४.५ मिटर पुगेको छ ।
महाकाली नदीले खतराको सतह पार गरेको भन्दै सतर्कता अपनाउन जिल्लाबासीमा स्थानीय प्रशासन र सुरक्षा निकायहरुले अनुरोध गरेका छन् ।
महाकालीमा बाढीको जोखिम बढेपछि प्रहरीले माइकिङ गर्दै महाकाली नदी तटिय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरिरहेको छ ।
तीन/चार दिनदेखिको वर्षाका कारण महाकालीमा पानीको जलस्तर बढेसंगै बंगाबगड पारीको क्षेत्र धारचुलाको खोतीला पहिरो क्षेत्रमा नदीले कटान गर्न थालेको छ ।
बंगाबगडको पारिपट्टी रहेको खोतीला पहिरो कटान हुन थालेपछि भारतीय बाटो अवरुद्ध बनेको छ । खोतीला पहिरोका कारण खलंगाको तडबन्ध र बजार क्षेत्र जोखिममा रहेको छ ।
भारतलाई पहिरो हटाउन पटकपटक अनुरोध गर्दा समेत भारततर्फ बढी क्षती हुने भन्दै हटाउन नमानेको महाकाली नदी नियन्त्रण आयोजनाले जनाएको छ ।
महाकाली नदीको वहाव सहितको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस






विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया