शनिबार सुदूरपश्चिममा १ जना कोरोना संक्रमितको मृत्यु

धनगढी । सुदूरपश्चिम प्रदेशमा शनिबार १ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। कैलालीका १ जनाको मृत्यु भएको हो।

यस्तै ८८ जना संक्रमित निको भई घर फर्किएका छन्। पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ३ वटा प्रयोगशालामा ३७९ नमूना पीसीआर तथा प्रदेशभरि ५ सय नमूना एन्टिजेन विधिबाट परीक्षण भएका छन्। यी दुवै विधिबाट गरिएको परीक्षणमा २७ जनामा संक्रमण पुस्टि भएको छ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १४८ जनाको नमुना परीक्षण गर्दा १४ जना, डडेल्धुरा अस्पतालमा १९ जनाको नमुना परीक्षण गर्दा १ जना र जिल्ला अस्पताल बैतडीमा २१२ जनाको नमुना परीक्षण गर्दा १ जनामा संक्रमण पुस्टि भएको छ।

हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा २ लाख ५४ हजार १४६ नमुना परीक्षण गर्दा ४३ हजार १७१ जनामा संक्रमण पुस्टि भएको छ भने ५६५ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?