मार्माको माबि पडपडा र घोल्जरमा कक्षा १२ सम्मको पढाइ हुने

दार्चुला । नयाँ शैक्षिक सत्रमा तपोवन माबि पडपडा र दुर्गेश्वरी माबि घोल्जरमा कक्षा १२ सम्मको पढाइ शुरु हुने भएको छ । मंगलबार (आज) मार्मा गाउँपालिकाले अगामी आर्थिक वर्ष २०७८/०७९ को वार्षीक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष धामीले पडपडा र घोल्जरमा कक्षा १२ सम्मको पढाइ सञ्चालन गर्ने घोषणा गर्नुभएको हो ।

नवौँ गाउँसभाको उद्घाटन सत्रमा गाउँपालिका अध्यक्ष धामीले हालसम्म कक्षा १० सम्म सञ्चालित तपोवन माबि पडपडा र दुर्गेश्वरी माबि घोल्जरमा कक्षा १२ सम्मको पढाइ शुरु गर्ने घोषणा गरेको मार्माबाट रेडियो लोकदर्पण सहकर्मी नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।

नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रको विकासका साथै समग्र पुर्वाधार विकास, आर्थिक विकास, सामाजिक विकास, स्वरोजगार र सूशासन जस्ता क्षेत्रलाई प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ ।

गत वर्षका अधुरा योजनाहरु पुरा गर्दै गाउँपालिकाको विकास र समृद्धिका लागि नयाँ योजनाहरुमा समेत बजेट विनियोजन गर्ने, नमुना कृषि कार्यक्रम र अध्यक्ष रोजगार कार्यक्रमलाई निरन्तरता दिइने, पर्यटन पवद्र्धनका लागि नमुना पर्यटन विकास कार्यक्रम लागु हुने जस्ता नीति गाउँपालिकाले अघि सारेको अध्यक्ष धामीले बताउनुभयो ।

१० वर्षे जनयुद्धमा शहादत प्राप्त शहिद परिवारजनलाई सम्मान सहित प्रोत्साहन रकम उपलब्ध गराउने मार्मा गाउँपालिकाको नीतिमा समावेस गरिएको छ ।

खेलकुदको क्षेत्रमा गाउँपालिकाको पहिचान बनाउन तथा क्षेत्रगत विकाश गर्न खेलकुदको क्षेत्रमा रहेका प्रतिभालाई हौसला एवं सम्मान कार्यक्रमलाई निरन्तरता दिई अगामि आर्थिक वर्षमा गाउँपालिका स्तरिय खेलकुद समिति गठन गर्ने गाउँपालिकाले नीति ल्याएको छ ।

नीति कार्यक्रमको खुला सत्र समापन भएर अहिले बन्द सत्र सञ्चालन भइरहेको छ ।

मार्मा गाउँपालिकाको वार्षीक नीति तथा कार्यक्रम घोषणा समारोहको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?