दार्चुला । अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोमा परि घर पुरिँदा रोल्पामा ३ जनाको ज्यान गएको छ ।
गएराति साढे १२ बजेतिर आएको पहिरोमा परेर रोल्पा नगरपालिका–९ ह्वामाका टिकासिङ बुढाको घर पुरिँदा उहाँकी ८६ वर्षीया आमा करती बुढा, १८ वर्षीया बुहारी सुशीला बुढा र १५ वर्षीया छोरी श्यामकला बुढाको ज्यान गएको हो ।
त्यही घरमा सुतिरहेका टिकासिङसहित अन्य ३ जना भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सन्तोष केसीले जानकारी दिनुभयो ।
बिहानैदेखि टेलिफोनमा आएको समस्याका कारण थप विवरण आउन नसकेको र प्रहरी नायब उपरीक्षक नरेश सुवेदी नेतृत्वको टोली घटनास्थल पुग्नै लागेकाले थप विवरण आउन बाँकी रहेको केसीले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया