दार्चुलामा असार २० सम्म निषेधाज्ञा , सवारी साधनमा जोरबिजोर प्रणाली

दार्चुला । दार्चुलामा जारी निषेधाज्ञा थप असार २० गतेसम्म लम्ब्याइएको छ । जिल्ला कोभिड १९ व्यवस्थापन समितिको बुधबार (आज) बसेको बैठकले निषेधाज्ञा १० दिन थप गदै असार २० गतेसम्म लम्ब्याइएको हो ।
प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीको अध्यक्षतामा बसेको बैठकले अझै पनि कोरोनाको असर पूर्ण रुपमा घट्न नसकेको तथा तेस्रो चरणको भेरियन्टको जोखिम कायमै रहेको भन्दै निषेधाज्ञा थप गर्ने निर्णय भएको हो ।

यसअघि जारी गरिएको निषेधाज्ञा समयावधि असार १० गते सकिदै छ । बैठकले यसअघि खुल्दै आएको बजारलाई बिहान ६ बजेदेखि मध्यान्ह १२ बजेसम्म रबैंक तथा वित्तिय संस्थाहरु बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछन् ।

यसैगरी बैठकले जिल्लाभित्रको यातायात जोरविजोर नम्बरको आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको छ । असार ११ गते देखि लागू हुने गरी जिल्लाभित्रको सवारी साधन जोरविजोर नम्बरको आधारमा चल्नेछन् ।

जिल्लाबाहिर जाने सवारी साधन भने जिल्ला प्रशासनको अनुमतिको आधारमा मात्रै चल्ने प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिनुभयो ।

बैठकले जिल्लाभित्र सवारी साधन चलाउने सवारी चालक र सहचालकको भने अनिवार्य एन्टिजेन परिक्षण गर्ने भएको छ । चालकहरुको एन्टिजेन परिक्षण नेगेटिभ आए मात्रै सवारी साधन चलाउन पाउनेछन् । यसको लागि सदरमुकाम खलंगाको बसर्पाक, शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर र मार्मा गाउँपालिकाको विटुलेमा सवारी चालकहरुको एन्टिजेन परिक्षण गरिने प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिनुभयो ।

बैठकले गरेका निर्णयहरु 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?