दार्चुला । पर्वतमा कोदालोले हानेर आफ्नै श्रीमतीको हत्या गरेका छन् । जिल्लाको बिहादी गाउँपालिका–१ बाच्छाको क्युडाँडा बस्ने लालबहादुर सार्कीले ३६ वर्षीया श्रीमती तारा नेपालीको हत्या गरेका हुन्।
सार्कीले गत असार ४ गते मादक पदार्थ सेवन गरी गम्भीर घाइते हुने गरी श्रीमतीलाई कोदालोले कुटपिट गरेका थिए। घाइते भएकी नेपालीको सोमबार दिउँसो घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।
कुटपिटबाट मृत्यु भएको सूचनाका खटिएको प्रहरी टोलीले अभियुक्त सार्कीलाई पक्राउ गरेको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया