आजदेखि अन्तर्राष्ट्रिय विशेष उडान शुरु

काठमाण्डौ । आजदेखि केही अन्तर्राष्ट्रिय विशेष उडान शुरु भएका छन् । नेपाल एअरलाइन्सले कतारको दोहा र टर्किस एअरलाइन्सले इस्तानबुलबाट उडान गर्नेछ ।

हिमालय एअरलाइन्सले क्वालालम्पुर, जजिरा एअरले कुवेत, फ्लाइ दुबईले दुबई, सलाम एअरले ओमान र एअर अरेबियाले आबुधाबीमा उडान गर्नेछन् । नेपाल एअरलाइन्सले जापानको उडान गर्नेछ ।

मन्त्रिपरिषद्को निर्णय अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असार १७ गतेदेखि नियमित आन्तरिक उडान शुरु गर्ने जनाएको छ ।

असार १७ गतेदेखि कुल उडान सङ्ख्याको ५० प्रतिशतमा नबढ्ने गरी आन्तरिक हवाई उडानको व्यवस्था मिलाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?