बैतडी । जिल्ला अस्पताल बैतडीले आइतबारदेखि नियमित ओपडी सेवा सञ्चालन ल्याउने भएको छ ।
अस्पतालमा कोरोनाका बिरामीको संख्या शुन्य भएपछि अोपडी सेवा सञ्चालन गर्ने तयारी भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिनुभयो ।
यसअघि कोरोना भाईरसका कारण अस्पतालले आकस्मिक र सुत्केरी बाहेकका सेवा बन्द गरेको थियो । कोरोना भाईरसको जोखिम कम हुँदै गएपछि ओपीडी सेवा सञ्चालन गरिने अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिनुभयो। अस्पतालमा सेवा लिँदा जनस्वास्थ्यका मापदण्ड अपनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
ओपीडी सेवा शुरु हुनेभएपछि नागरिकलाई उपचारका लागि सजिलो हुने भएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया