दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले बार अनुसारको सेवा सुचारु गर्ने भएको छ । गत वैशाख देखि विश्वव्यापी रुपमा फैलिएको कारोनाको नयाँ भेरियन्टका कारण रोकिएको सेवा पुन आइतबारदेखि बार अनुसार सुचारु हुने भएको हो ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले बिहीबार (आज) एक सूचना सार्वजनिक गर्दै जिल्लाका ९ वटै स्थानीय तहलाई बार अनुसार सेवा दिने जनाएको छ । प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीका अनुसार आइतबार र सोमबार अपिहिमाल गाउँपालिका, मार्मा गाउँपालिका र नौगाड गाउँपालिका सेवाग्राहीलाई सेवा दिइने छ ।
यस्तै मंगलबार र बुधबार शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिका तथा बिहीबार र शुक्रबार महाकाली नगरपालिका, दुहुँ गाउँपालिका र व्याँस गाउँपालिकाका नागरिकलाई सेवा दिइने छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले नागरिक वितरण, प्रतिलिपि, नाबालिक परिचय पत्र, राहदानी लगायत हातहतियार र संघसंस्था सम्बन्धी सेवा प्रवाह हुने जनाएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।






प्रतिक्रिया