दार्चुलामा लागुऔषध दुरुपयोग विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो

दार्चुला । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस शनिबार दार्चुलामा पनि मनाइएको छ ।

नेपालमा यस वर्ष ‘लागु औषधरहित परिवार ः स्वस्थ जीवनको आधार’ भन्ने राष्ट्रिय नारा तय गरी तीन दिने कार्ययोजना सहित विविध कार्यक्रमहरु सन्चाल  भइरहेका बेला दार्चुलामा पनि यो दिवस मनाइएको हो ।

यस वर्षको दिवसको अन्तर्राष्ट्रिय नारा भने Share acts on Drugs, Save Lives तय गरिएको छ ।

विशेष गरेर बढ्दो लागुऔषध दुरुपयोग ओसारपसारलाई रोकथाम र नियन्त्रणमा जनचेतना फैलाई स्वस्थ्य जीवन जीउने वातावरण सिर्जनाका लागि हरेक बर्षको जुन २६ मा यो दिवस मनाउने गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी मनोहर प्रसाद भट्टले बताउनुभयो ।

यसको दुरुपयोग तथा अवैध ओसारपसारले सामाजिक अपराध बढाउनुका साथै समाजमा नकारात्मक प्रभाव पारेको उहाँले बताउनुभयो ।

दार्चुला जिल्लामा हाल सम्म ६ जना पुरुष लागु औषध विरुद्धको मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी नरेन्द्र चन्दले बताउनुभयो । यि मध्ये ३ जना धरौटिमा छुटेका छन भने २ जना पुर्वपक्षका लागि कारागार चलाउन भएका छन । पछिल्लो समयमा लागु औषधको सेवनका कारण युवा पुस्तामा यसको असर बढदै गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

नेपालमा लागुऔषध प्रयोगकर्ताको वाषिर्क औसत वृद्धिदर ५.०६ प्रतिशत

संयुक्त राष्ट्रसंघको लागुऔषध तथा अपराध सम्बन्धी कार्यालयबाट प्रकाशित विश्व लागुऔषध प्रतिवेदन २०२१ ले लागुऔषध प्रयोगकर्ताको संख्या बर्सेनि बढ्दै गइरहेको देखाएको छ ।

नेपाल लागुऔषध प्रयोगकर्ता सर्वेक्षण २०७६ अनुसार नेपालमा लागुऔषध प्रयोगकर्ताको वाषिर्क औसत वृद्धिदर ५.०६ प्रतिशत आँकलन गरिएको छ ।

नेपालमा लागुऔषध प्रयोगको अवस्था, प्रभावित समूह र क्षेत्रको बारेमा जानकारी लिने उद्देश्यले गरिएको सर्वेक्षणअनुसार नेपालमा लागुऔषध प्रयोगकर्ता १ लाख ३० हजार ४ सय २४ पुगेको आँकलन छ जुन कूल जनसंख्याको झण्डै ०.४८ प्रतिशत हो ।

दिवसको अवसरमा सन्देश जारी गर्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री विष्णुप्रसाद पौडेलले लागुऔषधको दुर्व्यसनमा लाग्ने युवा, किशोर, किशोरीको संख्या बढ्दै जानु चिन्ताको विषय भएको बताएका छन् ।

यसको दुरुपयोग तथा अवैध ओसारपसारले सामाजिक अपराध बढाउनुका साथै समाजमा नकारात्मक प्रभाव पारेको छ । नेपालको जनसांख्यिक लाभको रुपमा रहेको युवा समुदायलाई लागुऔषध नियन्त्रणको अभियानमा सरिक गराउन यस दिवसले प्रेरणा दिने मन्त्री पौडेलको विश्वास छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?