एमालेले बोलायो महाधिवेशन आयोजक कमिटीको बैठक

काठमाडौं । नेकपा (एमाले)ले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ ।

आइतबार बसेको स्थायी कमिटीको बैठकले असार १६ गते काठमाडौंमा बैठक बोलाएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

उनका अनुसार बैठकमा पछिल्लो राजनीतिक स्थिति र राष्ट्रिय राजनीतिका आयामबारे छलफल गरिएको थियो। यसबारे थप छलफल गरेर निर्णय लिनुपर्ने भएकाले राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाइएको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?