दार्चुला । सुदूरपश्चिम प्रदेशको ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायी ऐन २०७४ लाई संशोधन गर्न बनेको अध्यादेश’ पारित भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा कांग्रेस र जसपा मौन बस्दा उक्त अध्यादेश पारित भएको हो।
अध्यादेश पारित नहुँदै पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम र बजेट ल्याएको सरकारले नेपाली कांग्रेसको विरोधबीच अध्यादेश प्रदेशसभामा पेश गरेको थियो। शुक्रबार प्रदेशसभा बैठकमा पेश भएको अध्यादेश आइतबार पारित भएको हो।
आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश शाहले प्रदेशसभा नियमावली २०७४ को नियम ९५ को उपनियम ४ अनुसार अध्यादेश स्वीकृत गर्न प्रदेशसभामा प्रस्ताव पेश गरेका थिए। अध्यादेश सभामुख अर्जुन बहादुर थापाले निणयार्थ प्रस्तुत गर्दा एमाले र माओवादीका प्रदेशसभा सदस्यहले सर्मथन जनाउदै ‘हुन्छ’ भनेका थिए। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)का सांसद मौन बसेका थिए।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया