दार्चुला । गण्डकी प्रदेशका स्वतन्त्र सांसद् एवं बिनाविभागीय मन्त्री दीपक मनाङेले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल पूर्व सहमतिबाट पछि हटेको आरोप लगाउनुभएको छ ।
मुख्यमन्त्री पोखरेललाई विश्वासको मत दिदा आफूलाई भौतिक मन्त्रालय दिने सहमति भएको मनाङ्गेले बताउनुभयो । आफूलाई मन्त्री नदिइए मुख्यमन्त्रीमै दाबी गर्ने उहाँले चेतावनी दिनुभयो ।
आइतबार दुई बिनाविभागीय मन्त्रीले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि मनाङ्गेले आफूलाई भौतिक मन्त्रालय नदिइए मुख्यमन्त्रीकै जिम्मेवारी दिनुपर्ने अडान राख्नुभएको हो ।
माओवादी र कांग्रेसले ४/४ वटा मन्त्रालय अनि जसपा र आफूलाई ३ वटा मन्त्रालय भनेर पहिल्यै सहमति भएको मन्त्री मनाङ्गेले बताउनुभयो । अहिले आएर काँग्रेसले लोभ गरेको भन्दै उहाँले आक्रोश व्यक्त गर्नुभयो ।
बिनाविभागीय मन्त्रीको शपथ ग्रहण गरेको लगभग दुई हप्ताको अन्तरालमा नेकपा माओवादी केन्द्रकी मधुमाया अधिकारी र नेपाली कांग्रेसका कुमार खड्काले मन्त्रालयको जिम्मेवारी पाउनुभएको हो ।
अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र खड्काले शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएसँगै आइतबार नै पदभार ग्रहण गर्नुभएको छ ।
तर, मनाङेको भौतिक मन्त्रालयमै रहर र जसपाको अर्थ मन्त्रालयसहित २ मन्त्रालय दिने बाचा भए पनि नदिइएपछि किचलो बढेको छ ।
मुख्यमन्त्री पोखरेलले मनाङेलाई युवा तथा खेलकुद मन्त्रालय नै दिने बताउनुभएको छ । तर, उक्त पदमा बस्नका लागि आफूले नेपालीलाई विश्वासको मत नदिएको मनाङ्गेको भनाइ छ ।
सरकारमा जानुअघि गरिएको सम्झौताबमोजिम पछि नहट्ने अडान मनाङ्गेले लिनुभएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया