प्रतिनिधि सभा विघटन मुद्दा : आजकाे बहस सकियाे

काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दामा संवैधानिक इजलासमा सरकारी पक्षको आजको सुनुवाइ सकिएको छ । सोमबार सरकारको तर्फबाट महान्यायाधिवक्ता रमेश बडालले ३ घण्टा २० मिनेट बहस गर्नुभएको छ ।

इजलासमा दिइएको जानकारी अनुसार मंगलबार नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले बहस गर्नुहुने छ। पाण्डेयका लागि २ घण्टा समय छुट्याइएको सर्वोच्च स्रोतले जनाएको छ ।

इजलासको आजको बहसमा भाग लिदै महान्यायधिवक्ता बडालले धारा ७६ ९५० मा दलीय निर्देश व्हिप लाग्ने दाबी गर्नुभयो । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सांसद गणेश पहाडी र सरला यादव समेतको हस्ताक्षर दुरुपयोग गरेको जिकिर बडालले गर्नुभयो ।

‘दलका सदस्य भए दलको पत्र चाहिन्छ दलको सदस्य नभए स्वतन्त्र रुपमा जान सक्छन् भनेको हो’ इजलासमा उहाँले भन्नुभयो, ‘दल चाहिँ चाहिन्छ, यो संविधानले निर्दललाई स्थान नै दिएको छैन ।’

धारा ७६ ९५० को निर्णय विशुद्ध राष्ट्रपतिले गर्ने र त्यसमा न्यायालयले हात हाल्न नमिल्ने बडालले तर्क गर्नुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?