दार्चुलामा पनि मनाइयो मदन भण्डारीको ७० औं जन्मजयन्ती

दार्चुला । नेकपा एमालेका तत्कालीन महासचिव ‘जननेता’ मदन भण्डारीको ७० औं जन्मजयन्ती आज दार्चुलामा पनि मनाइएको छ ।

मदनजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेशनले जिल्ला अस्पताल दार्चुलामा रहेका बिरामीहरुलाई फलफुल बितरण तथा अस्पतालमा कार्यरत सबै कर्मचारीहरुलाई दोसल्ला ओडाएर सम्मान गरेको नेकपा एमाले दार्चुलाका प्रचारप्रसार विभाग प्रमुख खडक बडालले जानकारी दिनुभयो ।

फाउन्डेसनका जिल्ला सचिव खिमानन्द भट्टको अध्यक्षता रहेको कार्यक्रमका प्रमुख अथिती नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष राम दत्त जोशी रहनु भएको थियो । यस्तै कार्यक्रमको आर्थिक सहयोग नेकपा एमाले प्रदेश कमिटी सदस्य एवंम फाउन्डेसनका जिल्ला अध्यक्ष हरदेब जोशी, सचिव खिमानन्द भट्ट र अनेरास्ववियु केन्द्रिय कमिटी सचिवालय सदस्य एवम जिल्ला युवा समिती अध्यक्ष खेमराज जोशीले गर्नु भएको थियो ।

कार्यक्रममा जिल्ला अस्पताल व्यवस्थापन समिति अध्यक्ष दलजीत सिह धामी, प्रचार विभाग प्रमुख खडक बडाल, नेपाल बाल संघसंगठनका जिल्ला सभापति धन बहादुर कुवर, अखिल नेपाल महिला संघ ९अनेम संघ० संयोजक हिरा अवस्थी, अनेम संघ केन्द्रिय सदस्य गौरी बडाल, युवा परिषद्का संयोजक खेम राज जोशी, युवा संघ संयोजक अनिल ठगुन्ना लगायतको उपस्थिति रहेको प्रचार विभाग प्रमुख खडक बडालले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?