सुदूरपश्चिममा मानव अधिकार उल्लङ्घन घटनामा वृद्धि

दार्चुला । सुदूरपश्चिम प्रदेशमा मानव अधिकार उल्लङ्घनका घटनामा वृद्धि भएको पाइएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालयले प्रदेशमा मानव अधिकार उल्लङ्घनका घटनामा वृद्धि भएको जनाएको छ ।

६ महिनाको अवधिमा प्रदेशका २६२ वटा मानव अधिकार उल्लङ्घनका घटना (इन्सेक) मा दर्ता भएका छन् । यी घटनाहरू मध्ये सबै भन्दा बढी महिला हिंसाका घटनाहरू रहेको इन्सेक सुदूरपश्चिम प्रदेश प्रमुख संयोजक खडक राज जोशीले बताउनुभयो ।

‘बालबालिकाको अधिकार,हत्या र घाइतेको अङ्ग भङ्ग भएका घटनाहरू छन् यो सङ्ख्या बढ्न सक्छ’ जोशीले भने‘ ‘हत्या हिंसाका कम गर्नका लागि समाजमा जनचेतना फैलाउनुपर्छ, यसरी बाहिर आएका घटनाहरूमा कानुनी कारबाही गर्नुपर्छ ।’

(इन्सेक)ले मङ्गलवार धनगढीमा मानव अधिकारका सवालमा सञ्चारकर्मीसँग समन्वय बैठकको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा प्रदेश प्रमुख संयोजक जोशीले प्रदेशमा अझै माधव अधिकारको अवस्था जटिल रहेको बताएका हुन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?