बिहीबार सेती अस्पताल प्रयोगशाला परीक्षणमा थप १९ जनामा संक्रमण पुष्टि

दार्चुला । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा बिहिबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ७५ जनाको नमुना परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार हाल अस्पतालमा २१ संक्रमित उपचाररत छन् । जसमध्ये ३ जना भेन्टिलेटर, ५ जना आईसियूमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा अस्पतालमा थप ७ जना नयाँ संक्रमित भर्ना भएका छन् भने ६ जना निको भई घर फर्किएका अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?