प्रतिनिधि सभा सदस्य चुनावका लागि सात अर्ब ७२ करोडको खर्च सहमति

काठमाण्डौ । सरकारले प्रतिनिधि सभा चुनावका लागि सात अर्ब ७२ करोड ६३ लाख रुपैयाँ बराबरको बजेट उपलब्ध गराएको छ । अर्थ मन्त्रालयले प्रतिनिधि सभा सदस्यको चुनावका लागि निर्वाचन आयोगलाई यो बजेट सीमासम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको जनाएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनका लागि यो रकम चुनाव सामग्रीलगायत अन्य सामग्री खरिद तथा चुनाव व्यवस्थापनमा खर्च हुनेछ ।

आउँदो कात्तिक २६ गते शुक्रवार पहिलो चरण र मङ्सिर ३ गते दोस्रो चरणमा चुनावको घोषणा भएको छ । चुनावका लागि आवश्यक पर्ने रकमको कुनै अभाव हुन नदिने गरी अर्थ मन्त्रालयले यो सहमति दिएको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?