कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजारभन्दा तल झर्‍यो, २४ घण्टामा २ हजार २ सय ९९ जनामा सङ्क्रमण

काठमाण्डौ । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजारभन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा तीन हजार चार सय ५१ जना निको भएसँगै कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या २९ हजार दुई सय ७४ मा झरेको हो ।

नेपालमा अहिलेसम्म ६ लाख तीन हजार ६ सय जना कोरोना सङ्क्रमणबाट निको भइसकेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई हजार दुई सय ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ६ हजार पाँच सय ६६ जनाको पीसीआर परीक्षण गर्दा एक हजार तीन सय ९१ जना र चार हजार तीस जनाको एन्टिजेन परीक्षण गर्दा नौ सय आठ जना गरी दुई हजार दुई सय ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

नेपालमा अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ४२ हजार ५३ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३६ हजार सात सय ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै थप ३४ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएसँगै नेपालमा अहिलेसम्म कोभिड–१९ का कारण ज्यान गुमाउनेको सङ्ख्या नौ हजार एक सय ७९ पुगेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?