दार्चुलामा २५ र २६ गते भेरोसेल खोपको दोस्रो मात्रा लगाइने

दार्चुला । दार्चुलामा भेरोसेल खोपको दोस्रो मात्रा यहि असार २५ र २६ गते लगाउने निर्णय गरिएको छ ।

दार्चुलाका नौँ वटै स्थानीय तहका विभिन्न स्थानमा गरी २० वटा खोप केन्द्र राखेर भेरोसेल खोपको दोस्रो मात्रा लागाउने तयारी गरिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

जेठ २७ र २८ गते भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुलाई यहि असार २५ र २६ गते दोस्रो मात्रा लगाउने तयारी गरिएको हो ।

दार्चुलामा ५५ वर्ष माथि उमेर समूहका व्यक्ति, पहिलो चरणमा छुट भएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, संञ्चारकर्मी, कर्मचारी तथा पहिलो प्राथमिकताका व्याक्तिहरु गरि एक हजार चार सय ९५ जनालाई भेरोसेल खोपको पहिलो मात्रा लगाइएको छ ।

भेरोसेल खोपको दोस्रो मात्रा लगाउनका लागि प्रदेश सरकारबाट १५ सय डोज भेरोसेल खोप दार्चुला आइपुगेको छ ।

यस्तै चीन संग सिमाना जोडिएको व्यास गाउँपालिकामा रहेका ४० वर्ष देखि ५५ वर्ष उमेर समुहका सम्पुर्ण नागरिक तथा ५५ वर्ष माथिका छुट भएका सबै नागरीकहरुलाई पहिलो मात्रा भेरोसेल खोप लगाउने निर्णय समेत गरिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?