दार्चुला । सोमबार रातीको वर्षाका कारण शैल्यशिखर नगरपालिका वडा नम्बर ६ को ग्वानीस्थित दुधौलीगाड खोलामा बाढी र पनेबाजमा पहिरो जादा अवरुद्ध बनेको महाकाली लोकमार्ग सुचारु भएको छ ।
सडकमा पसेको बाढी र पहिरो स्काइभेटर मेसिन (जेसिभि) ले पन्छाएपछि मंगलबार दिउँसोदेखि सडक सुचारु भएको घटनास्थलबाट रेडियो लोकदर्पण समाचारदाता प्रकाशसिंह धामीले जानकारी दिनुभयो ।
सडक सञ्चालनमा आएसंगै गोकुलेश्वरबाट खलंगाका लागि छुटेका झण्डै १५ वटा जीप, तीन वटा बसका साथै खलंगाबाट गोकुलेश्वर जादै गरेका छ वटा जीपहरु गन्तब्यतर्फ लागेका छन् । सडक अवरुद्ध हुँदा यातायातका साधनहरुसंगै सयौँ यात्रु बिहानदेखि बाटोमै रोकिएका थिए ।
बर्षातको समयमा महाकाली लोकमार्ग वर्षेनी ठाउँठाउँमा अवरुद्ध हुँदै आएको छ ।





विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया