दार्चुला । दार्चुलामा स्काइभेटर मेसिन दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।
अपिहिमाल गाउँपालिका वडा नम्बर ५ मकरीगाड तिङलास्थित कच्ची सडक खण्ड अन्तर्गत मकरीगाड हाड्रोपावर कम्पनीको स्काइभेटर मेसिन दुर्घटना हुदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सडक सफा गर्ने क्रममा बुधबार (आज) दिउँसो साढे तीन बजे सुपप्र ०१०० क १६०४ नम्बरको स्काइभेटर दुर्घटना हुँदा शैल्यशिखरको आगरा बस्नुहुने २८ वर्षीय चालक विशन रावलको मृत्यु भएको प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताउनुभयो ।
दुर्घटनामा घाइते भएका चालक रावललाई उपचारको लागि मार्मास्थित लटिनाथ स्वास्थ्य चौकी ल्याउदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया