पहिरोले नौगाडको जामिरमा घर बगे, एक जना बेपत्ता

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा पहिरोले केहि घर बगेका छन् । स्थानीयका अनुसार नौगाडको वडा नम्बर ३ जामिरका स्थानीय नन्दु ठगुन्नाको घर बगेको र गोठे टमटाको घर उच्च जोखिममा परेको छ । अरु घरहरु पनि पहिरोको जोखिममा परेका छन् ।

पहिरोमै परेर एक जना स्थानीय बेपत्ता भएको नौगाडबाट रेडियो लोकदर्पण समाचारदाता प्रकाशसिंह धामीले जानकारी दिनुभयो । बेपत्ता हुनेमा अन्दाजी ३० वर्षीय लक्ष्मण सितोली रहेको बताइएको छ ।

बुधबार रातीको अबिरल बर्षाका कारण घरहरुका साथै स्थानीय लघुजलविद्युतमा समेत क्षती पुगेको उहाँले बताउनुभयो । घटनास्थलमा अहिले स्थानीयका साथै दल्लेख प्रहरी चौकीबाट प्रहरी टोली खटिएर उद्धार कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

नौगाड गाउँपालिकाको खार खोलाका साथै विभिन्न खहरे खोलाबाट बाढी, पहिरो आई ठूलो क्षती गरेको स्थानीयहरुले बताएका छन् । खारको गुन्ढाडु खोला, खारखोलाले पारिखार, सितोलिबगड, ओखलधार र गुन्ढारु खोलाले जामिरको लधुजलबिधुत, पुल लगायत संरचनामा क्षती पुर्याएको छ । जामिरको झोलुगें पुल पनि विस्तापित भएको छ ।

बर्षाका कारण आएको बाढी, पहिरोका कारण नौगाड गाउँपालिका–६ स्थित धुलिगडा गाउँमा अवस्थित एगरभगे र चोताडको खोलाले खानेपानी योजना र एउटा पानी घट्ट बगाउनुका साथै नजिकका घरहरु जोखिममा परेका छन् । नौगाड क्षेत्रमा टेलिफोनले राम्रो संग काम नगरेको कारण क्षतीको विस्तृत विवरण प्राप्त हुन सकेको छैन् ।

बर्खा शुरु भएसंगै दार्चुलामा बाढी र पहिरोको जोखिम बढेको छ । दार्चुलाका सबै स्थानीय तहका विभिन्न क्षेत्र बाढि पहिरोको उच्च जोखिममा रहेका छन् ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?