नेपाललाई चाँडैं खोप सहयोग गर्ने अमेरिकाको तयारी

दार्चुला । अमेरिकाले जतिसक्दो छिटो खोप उपलब्ध गराउन नेपाल सरकार र कोभ्याक्ससँग नजिकबाट काम गरिरहेको बताएको छ ।

काठमाण्डौमा रहेको अमेरिकी दूतावासका प्रवक्ता एना रिची एलनले नेपालमा चाँडोभन्दा चाँडो प्रयोग गर्न मिल्ने गरी खोप ल्याउने उद्देश्यले काम भइरहेको बताउनुभयो ।

सुरक्षित र प्रभावकारी रूपमा नेपालमा खोप भित्र्याउन कानुनी र बन्दोबस्तीका चुनौती सकेसम्म चाँडो सम्बोधन गर्ने प्रयत्न गरिरहेको उहाँको भनाइ छ । अमेरिकाले उपलब्ध गराउने खोपको परिमाण अहिलेसम्म खुलाइएको छैन ।

दुई हप्ताअघि सरकारले गठन गरेको विज्ञ समितिका संयोजकले नेपालले ६ लाख जोनसन एन्ड जोनसनको खोप प्राप्त गर्न लागेको बताएका थिए ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपालसहित एसिया प्रशान्त क्षेत्रका १७ वटा देश र प्यासिफिक आइल्यान्डलाई दुई करोड ३० लाख मात्रा खोप उपलब्ध गराउने घोषणा गएको जुन महिनामा गरेको थियो ।

अघिल्लो हप्ता अमेरिकाले दक्षिण एसियाका पाकिस्तान र बङ्गलादेशलाई २५र२५ लाख मात्रा खोप उपलब्ध गराएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?