दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकाका नगर प्रमुख अमरसिंह धामीलाई अश्लील शब्द (गालिगलौच) प्रयोग गरेको आरोपमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (विप्लप) समुहका कार्यकर्ता रिहा भएका छन ।
गत असार ९ गते लेकम गाउँपालिका वडा नम्बर १ का जीवन बिष्ट, सोही ठाउँका सुरेन्द्र बिष्ट र कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ५, का आकाश चौधरीले शैल्यशिखर नगरपालिकाबाट सार्वजनिक सूचना माग्ने क्रममा नगर प्रमुख धामीलाई गालीगलौज गरेको भन्दै नगर प्रमुख धामीले उजुरी गर्नुभएको थियो ।
सोही उजुरीका आधारमा इलाका प्रहरी कार्यालय गोकुलेश्वरले तीनै जनालाई पक्राउ गरि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दार्चुला पठाएको थियो । पक्राउ परेका कार्यकर्ता थुनामा परेको पन्ध्र दिनपछि रिहा भएका छन् ।
रिहा भएका तीनै जनालाई नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहका दार्चुलास्थित नेता तथा कार्यकर्ताहरुले फूलमाला तथा टिका लगाएर स्वागत गरेका छन ।
शैल्यशिखर नगरपालिकाका नगर प्रमुख धामीले नागरिकको सूचना पाउनुपर्ने मौलिक हकको प्रयोग गर्दै सूचना माग्न गएका कार्यकर्ताहरुलाई कुटपिट गरि, झुटा आरोप लगाइ दुख दिने काम गरेको नेकपा विप्लप समुहका नेताहरुको प्रतिक्रिया छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया