तिङ्करमा सशस्त्रको बीओपी भवन निर्माण सुरु, छाङरुमा भुइतला तयार हुँदै

दार्चुला । दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र व्यास गाउँपालिका–१ तिङ्करमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) भवन निर्माणको काम सुरु भएको छ । हेलिकप्टरमार्फत समान ढुवानी गरेर भवन निर्माण कार्य सुरु भएको हो ।

बीओपी भवन निर्माणको लागि धुलीखेल प्याराडाइज एण्ड एलबी निर्माण सेवाले ठेक्का पाएको छ । चालु आर्थिक वर्षको असार मसान्तभित्रै निर्माण सम्पन्न गर्ने गरि सम्झौता भएको भवनको सम्झौता अवधि सकिनै लागेको बेला निर्माण व्यवसायीले काम थालेको छ ।

तिङ्करमा यसअघि भारी हिमपातका कारण समयमै निर्माण सामाग्री ढुवानी गर्न नसकिएकोले काममा ढिलाइ भएको निर्माण व्यवसायी लालबहादुर वमले जानकारी दिनुभयो । समान ढुवानी भएसँगै तिङ्करमा बीओपी निर्माणको काम अघि बढेको निर्माणको जिम्मा पाएका स्थानीय योगेश बोहराले बताउनुभयो । सरकारले व्यासको तिङ्करमा बीओपी बनाउनको लागि एक करोड बजेटमा ठेक्का सम्झौता गरेको छ ।

व्यास गाउँपालिकाको वडा नम्बर १ मा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म छाङरु भाडाकै घरमा बसेको छ । छाङरुमा अहिले निर्माणको काम भइरहे पनि तिङ्करमा काम नै सुचारु गर्न ढिलाई भएको सशस्त्र प्रहरीले जनाएको छ । छाङरुको गागामा पनि सशस्त्र प्रहरीको भवन एक वर्षमा भुई तलामात्रै निर्माण भएको छ ।

निर्माणाधीन सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० को भवनको लागि सयौं क्युफिट काठ अनुमतिवीनै काटिएको छ । निर्माणाधीन भवनमा प्रयोग भइरहेको काठबारे अनुसन्धान सुरु गरिएको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ । निर्माण व्यवसायीले अपि नाम्पा संरक्षण क्षेत्रमा गत पुषमै ५ हजार क्युफिट काठको अनुमतिको लागि निवेदन दिएपनि हालसम्म अनुमति दिइएको छैन् ।

गुल्म अन्तर्गत माथिल्लो कौवा र तिङ्करमा बीओपी राख्ने तयारी छ । भने व्यास गाउँपालिका–२ दुम्लीङ, महाकाली नगरपालिका–९ दत्तु, मालिकार्जुन गाउँपालिका–७ जोलजिबि र लेकम गाउँपालिका–३ लालीमा बीओपी स्थापना भइसकेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?