बैतडी । जिल्ला अस्पताल बैतडीलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको छ ।
रोटरी क्लब अफ काठमाण्डौंका पूर्व अध्यक्ष दानबहादुर चन्दको सहयोगमा जिल्ला अस्पततालाई दुई थान अक्सिजन कन्सन्ट्रेन्टर प्राप्त भएको जिल्ला अस्पातल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिनुभयो ।
जिल्ला अस्पताललाई १० लिटरका दुईथान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको जनाइएको छ । अहिले जिल्ला अस्पतालमा २५ थान अक्सिजन कन्सन्ट्रेटर रहेका जिल्ला अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिनुभयो ।
यस्तै जिल्ला अस्पतालमा अहिले ७० थान ठूला र ६ थान साना गरेर ७६ थान अक्सिजन सिलिण्डर रहेका उहाँले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया