दार्चुला । दार्चुलामा अहिलेसम्म चार हजार आठ सय ७८ जनाको कोरोना परीक्षण गर्दा एक हजार ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हालसम्म संक्रमित हुनेमा महाकाली नगरपालिकाका २३३ जना, शैल्यशिखर नगरपालिकामा १२६ जनामा, अपिहिमाल गाउँपालिकाका २०७ जना, व्यास गाउँपालिकाका १०८, दुहुँ गाउँपालिकामा ९८, मार्मा गाउँपालिकामा ८४, नौगाड गाउँपालिकामा ९२, मालिकार्जुन गाउँपालिकामा ६८ र लेकम गाउँपालिकामा ७४ जना रहेका छन् ।
शनिबार मात्रै महाकाली नगरपालिकाका दुई जनामा कोरोना पुष्टि भएको छ । भने सात जनाले कोरोना जितेका छन् ।
अहिलेसम्म दार्चुला जिल्लाभरी एक हजार ५२ जनाले कोरोना जितेका छन् । भने २७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
संक्रमणको कारण ११ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय दार्चुलाको तथ्याङक छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया