दार्चुला । देशका धेरै ठाउँमा पानी परिरहेको छ । प्रदेश एक, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केहि ठाउँमा भारी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिनभरि नै देशका धेरै ठाउँमा पानी पर्ने महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । हिजो बेलुकादेखि मनसुन थप सक्रिय भएसँगै दार्चुलासहित देशका धेरै ठाउँमा पानी परेको हो । आउँदो तीन दिनसम्म नै मनसुन सक्रिय रहने महाशाखाको अनुमान छ ।
अहिले ठूलो पानी परेका क्षेत्र प्रदेश एक, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिमको मध्यपहाडी तथा चुरे भइ बहने स–साना नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव हुनसक्ने भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरुमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया