गठबन्धनद्धारा दार्चुलामा पनि सर्वोच्चको फैसलाको स्वागत

दार्चुला । सर्बोच्च अदालतले संसद विघटनको निर्णय बदर गर्दै सेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने परामादेश गरेपछि उक्त आदेशको स्वागत गर्दै दार्चुलामा पनि विपक्षी गठबन्धन आवद्ध दलहरुले दीप प्रज्वलन गरेका छन् ।

नेपाली काग्रेश, नेकपा माओबादी केन्द्र लगायतले सर्वोच्च अदालतले गरेको संसद् पुनःस्थापना र कांग्रेस सभापति सेर बहादुर देउवालाई असार २९ गते साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न जारी गरिएको परामादेशको स्वागत गर्दै पार्टी कार्यालयसहित विभिन्न ठाउँमा दिप प्रज्वलन गरेका हुन् । माओबादीले पार्टी कार्यालयमा दिप प्रज्जलन गरेर सर्बोच्चको आदेशको स्वागत गरेको युवा नेता दिपक राज जोशीले जानकारी दिनुभयो ।

दिप प्रज्वलन कार्यक्रममा नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको बताइएको छ ।

नेकपा एमाले दार्चुलाका नेताहरुले भने अदालतको फैसलाले निर्दलीय व्यवस्थालाई मलजल गर्ने र नेपालको लोकतान्त्रिक प्रणालीका आधारभूत संरचनाहरुलाई खल्बल्याउने काम गरेको बताएका छन् ।

सर्वोच्चको फैसलाले दलहरुले संघर्ष गरेर ३२ वर्षअघि समाप्त गरेको निर्दलीय प्रणाली जस्केलाबाट छिर्न थालेको आभास भएको एमालेले जनाएको छ ।

सायद ३ people, including Deepak Joshi, आगो तथा  घरबाहिर को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?