नौगाडमा थुनिएको नदी खोल्ने काम जारी, राहात र पुनस्थापनाको पर्खाइमा पिडित (फोटोफिचर)

दार्चुला । दार्चुलाको नौगाडमा बाढी पहिरोका कारण थुनिएको नदी खुलाउन सोमबारदेखि सुरक्षाकर्मी परिचालन गरिएको छ ।

असार २४ र २५ गते आएको बाढि पहिरोका कारण नौगाड गाउँपालिका वडा नम्बर ३ मा जामिरमा नदी थुनिएर बाँध बनेको छ । स्थानीयले थुनिएको नदी खुलाउन प्रयास गरेपनि नदी खुलाउन नसकेपछि सोमबारदेखि सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

स्थानीयसंगै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले थुनिएको नदी खुलाउने काम गरिरहेका छन् । सोमबार दिनभरी चार मिटर जती मात्रै ड्याम घटाउन सकिएको र पुर्ण रुपमा नदी खुलाउन अझै केहि समय लाग्ने जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्र चन्दले जानकारी दिनुभयो ।

स्थानीयबासीमा भने बाँधका कारण त्रास बढ्नुका साथै बाढि पहिरो पीडितको विचल्ली बनेको छ । नौगाडमा दर्जनौ पहिरो एकै पटक आउनु र दुई खोलाको दोभानमा नदी थुनिएपछि बाढिले विसाल रुप लिएको स्थानीयहरुले बताएका छन् ।

पहिरोले पुरिएर एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको थियो । केहि परिवार घर, जमिन बाढीले बगाएपछि विस्थापित भएका छन् । आधा दर्जन परिवार अहिले राहत र पुर्नस्थापनाको पर्खाइमा छन् । नौगाडमा वर्षेनी बाढी, पहिरोका कारण धनजनको ठूलो क्षती हुने गरेको छ ।

नौगाड गाउँपालिकाले बाढी, पहिरोका कारण ज्यान गुमाएका परिवारलाई प्रति परिवार २० हजार किरिया खर्च वाफत उपलब्ध गराउने र घर पूर्ण रुपमा क्षती भएकाका परिवारलाई अस्थाई बसोबासका लागि १५ हजार उपलब्ध गराउने निर्णय गरेको छ । बाढी पिडित केहि परिवारलाई खाद्यान्न तथा राहात समेत वितरण गरेको गाउँपालिकाले थप राहात र पुनस्थापनाका लागि प्रदेश र संघीय सरकारलाई अनुरोध गरेको छ ।

सायद प्रकृति तथा  'POCO SHOT ON POCO X2' भन्ने पाठ को तस्बिर हुनसक्छ

सायद प्रकृति, रूख तथा  body of water को तस्बिर हुनसक्छ

सायद एक वा थप मानिसहरू तथा  body of water को तस्बिर हुनसक्छ

सायद एक वा थप मानिसहरू तथा  body of water को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?