दार्चुला । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन् ।
मंगलबार दिउँसो २ बजे ओलीले सम्बोधन गर्ने उहाँका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो ।
सर्वोच्च अदालतले सोमबार संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो ।
आज बेलुकी ५ बजेभित्र पाचौँ पटक प्रधानमन्त्रीमा नियुक्त हुन लागेका कांग्रेस सभापति देउवाले २७ साउनभित्र संसदमा विश्वासको मत लिइसक्नुपर्छ ।
सर्वोच्च अदालतले नै प्रतिनिधिसभाको अधिवेशन ३ साउनभित्र बोलाउन आदेश दिएको छ ।
प्रतिनिधिसभामा देउवाले विस्वासको मत पाउने वा नपाउने कुरा नेकपा एमाले र जसपामा निर्भर भएकोले देउवाले विस्वासको मत नपाएर फेरि पनि संसद विघटन भएर मध्यावधि चुनावमा जाने खतरा छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया