प्रचण्ड र विप्लवबीच भेटवार्ता, ‘पूर्वमाओवादी एक बनाउने प्रचण्डको चाहना’

दार्चुला । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । विप्लव अर्का नेता धर्मेन्द्र बाँस्तोलालाई लिएर प्रचण्ड निवास खुमलटार जानुभएको थियो ।

भेटमा अहिलेको राजनीतिक परिस्थिति, अघिल्लो सरकारसँग आफूहरूले गरेको सहमति लगायतका विषयमा कुराकानी भएको नेता धर्मेन्द्र बाँस्तोलाले जानकारी दिनुभयो ।

‘ओली सरकारसँग हामीले गरेको सहमति कार्यान्वयनका विषयमा कुराकानी भयो, कतिपय साथी अहिले पनि जेलमै हुनुहुन्छ, हामीले यस विषयमा पनि ध्यानाकर्षण गराएका छौँ’, बाँस्तोलाले भन्नुभयो, ‘अहिलेको देशको उथलपुथल भइरहेको राजनीतिबारे हामीले चासो राख्यौँ, प्रचण्डले ब्रिफिङ गर्नुभयो, हामीले पनि केही कुरा राख्यौँ ।’

पूर्वमाओवादी एक हुने चर्चाका विषयमा जिज्ञासा राख्दा बाँस्तोलाले भन्नुभयो, ‘यो तत्कालै सम्भव हुने विषय होइन तर पनि हामीले अब भेटघाट र छलफललाई निरन्तरता दिनुपर्छ भनेका छौँ, प्रचण्डजीले पनि पूर्वमाओवादीहरू एक बनाएर लैजाने इच्छा राख्नुभएको रहेछ, सकभर सँगै जान पाए हुन्थ्यो भन्ने कुरा राख्नुभयो ।’

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?