दार्चुला । दार्चुलाको व्यास गाउँपालिकामा पहिरोमा पुरिएर एक महिला बेपत्ता हुनुभएको छ । व्यास गाउँपालिका वडा नम्बर ३ तुसरपानीस्थित पहिरोमा पुरिएर एक महिला बेपत्ता भएको प्रहरीले जनाएको छ ।
व्यास गाउँपालिका वडा नम्बर २ राप्ला घर भएका अन्दाजी ५० वर्षीया बेलमती बुढाथोकी पहिरोमा पुरिएर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरीक्षक नरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो । उक्त पहिरोमा परी रायमती बुढाथोकी घाइते हुनुभएको छ ।
व्यास गाउँपालिका वडा नम्बर २ राप्लाबाट गाउँपालिकाको केन्द्र सुन्सेरा आउने क्रममा आज बिहान ९ बजेतिर तुसरपानीमा खसेको पहिरोमा घाइते महिलाको दाहिने खुट्टामा चोट लागेको उहाँले बताउनुभयो । बेपत्ता महिलाको खोजि भइरहेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया