काठमाडौं । आर्थिक वर्ष २०७७र७८ मा भन्सार राजस्व संकलनमा प्रगति भएको छ । कुल भन्सार लक्षभन्दा तीन अर्ब बढी राजस्व एक वर्षमा संकलन गरिएको भन्सार विभागले जनाएको छ ।
आर्थिक वर्ष ७७र७८ मा ४ खर्ब ४० अर्ब २६ करोड ८४ लाख राजस्व संकलन लक्ष लिइएकोमा ४ खर्ब ४४ अर्ब २६ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन भएको भन्सार विभागले जनाएको छ ।
आर्थिक वर्ष ७७र७८ मा भन्सार राजस्व संकलनमा १०१ प्रतिशत प्रगति भएको विभागका सूचना अधिकारी शिशिर घिमिरेले जानकारी दिनुभयो।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया