काठमाण्डौ । नेकपा एमालेको स्थायी कमिटी बैठक भोलि बस्ने भएको छ ।
ललितपुरको च्यासलमा रहको तुल्सीलाल स्मृति प्रतिष्ठानमा स्थायी कमिटी बैठक भोलि बिहान ११ बजे बस्ने पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टी संरचना २०७५ जेठ २ गते अगाडि फर्काउँदै भोलिको बैठकमा नेता माधवकुमार नेपाल समूहलाई समेत बोलाइएको छ । केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्न र विधान अधिवेशनको तयारी गर्नका लागि बैठक डाकिएको हो । १४ औँ केन्द्रीय कमिटी बैठक तुल्सीलाल स्मृति प्रतिष्ठानमा पर्सि बिहान ११ बजे बोलाइएको छ ।
एमालेले यही साउन २५ देखि २७ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ । हिजो पनि एमाले स्थायी कमिटी बैठक बसेको थियो । हिजोको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूह सहभागी भएन । बैठकले पार्टीको विवाद समाधान गर्न गठित कार्यदलले बुझाएको १० बुँदे सहमतिलाई अनुमोदन गरेको थियो ।
साथै बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया