दार्चुलामा विष सेवनका कारण एक पुरुषको ज्यान गयो

दार्चुला । दार्चुलामा विष सेवनका कारण एक पुरुषको ज्यान गएको छ ।

मार्मा गाउँपालिका वडा नम्बर ४ मर्मती बस्ने अन्दाजी ३७ वर्षीय केशव सिंह विष्टको विष सेवनका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी नरेन्द्र चन्दका अनुसार आइतबार आज विहान ७ बजेतिर विष सेवन गरेका विष्टलाई उपचारका लागि लटिनाथ स्वास्थ्य चौकी लगिएको थियो । उपचारको क्रममा उहाँको विहान १० बजेतिर मृत्यु भएको हो ।

मृतक विष्टको घरमा श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् । पछिल्लो समय आत्महत्याका घटनाहरु बढ्दै गएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?