एक वर्षमा जिप्रकामा १२८ वटा उजुरी दर्ता, ६३ वटा मुद्धाहरुको फर्छ्यौट

दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलामा एक वर्षको अवधिमा १२८ वटा उजुरी दर्ता भएका छन । गत आर्थिक वर्षको साउन १ गते देखि असार मसान्त सम्म विभिन्न घटनामा १२८ वटा उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो ।

दर्ता भएका १२८ मुद्धामध्ये असार मसान्तसम्म ६३ वटा मुद्धाहरुको मात्रै फर्छ्यौट भएको छ भने अझै ६५ वटा मुद्धाहरु अनुसन्धानको क्रममा रहेको प्रहरी निरीक्षक चन्दले बताउनुभयो । गत आर्थिक वर्षमा सबैभन्दा बढि भबितव्य ज्यान अन्तरर्गतका ३४ वटा उजुरी दर्ता भएको प्रहरीको तथ्याङक छ ।

प्रहरीका अनुसार कर्तब्य ज्यान अन्तरर्गत ८ वटा, ज्यान मार्ने उद्योगतर्फ १ वटा ,भुण्डिएर आत्महत्याका १६ वटा, नदीमा हामफाली मृत्यु ३ वटा, विष सेवन गरेका २ वटा, भबितव्य ज्यान अन्तरर्गत ३४ वटा, फुट्कर ज्यान ४ वटा, सवारी दुर्घटनाका ६ वटा, जबरजस्ती करणीका ५ वटा, जबरजस्ती करणी उद्योगका २ वटा, तथा बहुविबाहका २ वटा, चोरीका ७ वटा राज्यदो्रह १ वटा, हातहतियार खरखजाना सम्बधि १ वटा, कुटपिट अंगभग १ वटा, लागु पदार्थ औषधि अन्तरर्गत ७ वटा मुद्धा दर्ता भएका छन् ।

हिसां र अपराधका घट्नाहरु नियन्त्रण गर्न प्रहरीले जिल्लाभरी सक्रियता देखाएपछि घटनामा कमि नआएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?