लोकल रक्सी खाएर सुतेका ४ मजदुरको मृत्यु, २ गम्भीर बिरामी

दार्चुला । बागलुङको गलकोटमा घरेलु मदिरा सेवन गरेका चार जनाको मृत्यु भएको छ । गलकोट नगरपालिका वडा नम्बर ७ गैराखर्कमा ‘लोकल रक्सी’ पिएर सुतेका ६ मध्ये ४ जना मजदुरको सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा रोल्पाको सुनील स्मृति गाउँपालिका–५ का २१ वर्षीय दिपेन्द्र पुन, सोही ठाउँका ३९ वर्षीय दुध बहादुर राना, ५१ वर्षीय रेख बहादुर राना र ३० वर्षीय प्रबिन घर्ती रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हजारीले बताउनुभयो ।

उनीहरुले गलकोट बृहत खानेपानी आयोजनामा काम गर्दै आएका थिए । त्यस्तै रोल्पाको सुनिल स्मृती गाउँपालिका वडा नम्बर ५ गजुलका ३८ वर्षीय खेमराज घर्ती र सोही ठाउँका २६ वर्षीय रबिन्द्र पुनको अवस्था गम्भीर रहेको हवारीको भनाई छ ।

गैराखर्कमा मजदुरी गर्दै आएका ६ जनाले मदिरा सेवन गरेकोमा चार जनाको उपचारका लागि धौलागिरी अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको र दुई जनाको उपचार भइ रहेको बताइएको छ । दुई जनाको धौलागिरी अस्पतालमा उपचार भइरहेको धौलागिरी अस्पताल बागलुङका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताउनुभयो ।

दुवैको गम्भीर किड्नीमा असर गरेको देखिएकाले डायलासिस चलिरहेको उहाँले जानकारी दिनुभयो । होटल संचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?