दार्चुला । जिल्लाको शैल्यशिखर नगरपालिकाले शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । नगरपालिकाले आज एक सुचना जारी गर्दै मालिकार्जुन देवताको पुजन जात्राको अवसरमा साउन ८ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
राष्ट्रकै सातौं धाम तथा दार्चुला जिल्लाको प्रमुख धार्मिक पर्यटकीय तिर्थस्थल मालिकार्जुन धाममा प्रत्येक बर्ष असार शुक्ल चतुर्दशीका दिन मालिकार्जुन देवताको पुजन जात्रा लाग्ने गर्दछ ।नगरपालिकाले उक्त दिनलाई शैल्यशिखर दिवसका रुपमा मनाउने गरी विदा दिने भएको हो ।
साथै नगरपालिकाले जात्रामा भिडभाड नगरी स्वास्थ्य सुरक्षाका मापदण्डको पालना सहित सहभागी हुन पनि सबैमा आग्रह गरेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।






प्रतिक्रिया