दार्चुला । दार्चुला सदरमुकाम खलंगाबाट २४० ग्राम अवैध यार्सागुम्बा सहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
भारतको धारचुलाबाट नेपाल ल्याउदै गरेको अवस्थामा शुक्रबार बेलुकी ५ बजेतिर महाकाली नगरपालिका वडा नम्बर ४ की ४० वर्षिया दिपा महरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक एवं सूचना अधिकारी नरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो ।
खलंगाको पुलघाट स्थित नेपाल–भारत जोड्ने झोलुंगे पुलमा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको सयुक्त टोलीले चेकजाँच गर्दा उनको साथबाट अवैध यार्सागुम्बा बरामद गरेको प्रहरीले जनाएको छ ।
अनुसन्धानका लागि बरामद गरिएको यार्सागुम्बा र ति महिलालाई डिभिजन वन कार्यालयलाई बुझाइएको छ ।
केहि दिन पहिले पुलघाटबाटै अबैध यार्सागुम्बासहित एक जना भारतीय नागरिक समेत पक्राउ गरेका थिए ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया