दार्चुला । आज (शनिबार) देखि लामो तथा छोटो दूरीका सार्वजनिक यातायात चल्न पाउने भएका छन् । विद्यार्थीहरुको परीक्षालाई मध्यनजर गरेर विद्यार्थीलाई यात्राको लागि सहजीकरण गर्न गाडी चल्न दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।
नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय अनुसार यातायात चल्न दिने निर्णय गरिएको हो । यातायात व्यवसायीले नेपाल सरकारले तोकेको जनस्वास्थ्यका मापदण्ड अपनाएर मात्र गाडी चलाउन समेत सरकारले अनुरोध गरेको छ । साथै यात्रा गर्ने यात्रुले अनिवार्य रुपमा टिकट काउन्टरबाट टिकट लिएर मात्र यात्रा गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।
दार्चुलामा साउन १ गतेदेखि निषेधाज्ञा हटेसंगै यातायातका साधनहरु सञ्चालन भइरहेको भएपनि देशका विभिन्न जिल्लामा निषेधाज्ञा कायमै रहेकोले पूर्ण क्षमतामा यातायातका साधनहरु सञ्चालन भइरहेका थिएनन । शनिबारदेखि पूर्ण क्षमतामा देशभरी यातायातका साधनहरु सञ्चालन हुन लागेका हुन् ।
गृहमन्त्रालयले पनि लामोदूरीका यातायात सञ्चालनमा सहजीकरण गर्न सबै जिल्लामा परिपत्र गरी सकेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया