दार्चुला । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइनको डोरी निकालिदिँदा दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर २ का जयसिंह धामी नदीमा खसेको घटनाबारे छानविन गर्न सरकारले समिति बनाएको छ ।
गृहमन्त्री बालकृष्ण खाँणले गृहसचिवको नेतृत्वमा छानबिन समिति गठन गर्नुभएको हो । समितिमा गृह मन्त्रालयका प्रवक्ता, नेपाल प्रहरीका सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी र दार्चुलाको सहायक प्रमुख जिल्ला अधिकारी सदस्य छन् ।
गृहमन्त्री खाँणले जतिसक्दो छिटो सत्यतथ्य छानबिन गरेर प्रतिवेदन पेश गर्न निर्देशन दिनुभएको छ ।
शुक्रबार बिहान दार्चुलाको ब्यास गाउँपालिका–२ स्थित मालघाटमा तुइनबाट नदी तर्ने क्रममा एसएसबीले फलामे डोरी निकालिदिँदा महाकाली नदीमा खसेर ३० वर्षीय जयसिंह धामी बेपत्ता हुनुभएको छ ।
दार्चुला घटनाको छानबिन गर्न गृहमन्त्रीको निर्देशन
गृहमन्त्री बालकृष्ण खाँडले दार्चुलामा तुइनबाट खसेर एक व्यक्ति नदीमा बेपत्ता भएको घटनाको आवश्यक छानबिन गरी सत्यतथ्य पत्ता लगाउन प्रहरी र स्थानीय प्रशासनलाई निर्देशन दिनु भएको छ।
गृहमन्त्री खाँडले गृह सचिवसहित प्रहरी महानिरीक्षक तथा स्थानीय प्रशासनलाई तत्काल घटना छानबिन गरी वास्तविकता पत्ता लगाउन निर्देशन दिनु भएको उहाँको निजी सचिवालयले जनाएको छ ।
तुइनबाट महाकाली पार गर्न लाग्दा भारतीय सीमा सुरक्षा बलको टोलीले तुइनको फलामे डोरी तान्दा स्थानीय ३० वर्षीय जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको स्थानीयबासिन्दाले बताएका छन् । स्थानीय प्रशासनले भने व्यास गाउँपालिका–२ बाट भारतको पङ्गला जान खोज्दा तुइन चुँडिएर महाकाली नदीमा बेपत्ता भएको जानकारी प्राप्त भएको जनाएको छ ।
भारतीय एसएसबीले डोरी चुँडालेको भन्ने कुराको आधिकारिक जानकारी नआएको प्रशासनको भनाइ छ। घटनास्थलमा सशस्त्र र नेपाल प्रहरीको टोली खोजतलासमा गएको र स्थानीयको भनाइअनुसार भारतीय एसएसबीसमेतलाई के कस्तो भएको हो सत्यतथ्य पत्ता लगाइ जानकारी दिन भन्दै पत्राचार गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
तुइन तर्दा तर्दै तुइन काट्ने भारतीय सिमा सुरक्षा बल एसएसबीका संलग्न व्यक्तीलाई कारबाहीको माग राख्दै व्यासका स्थानीयका साथै विभिन्न राजनीतिक दल र नागरिक सामाजका तर्फबाट आवाजहरु उठेका छन् । घटनाको सत्यतथ्य अनुसन्धान गर्दै दोषिलाई कारवाही हुनुपर्ने माग भइरहेको छ ।
मानिसले बाच्न पाउने अन्तराष्ट्रिय मानव अधिकार, न्युनतम मानविय मूल्य मान्यता र नेपाल–भारत सीमा क्षेत्रमा चलिआएको व्यवहारिक सम्बन्ध जस्ता सामाजिक मुल्य मान्यतालाई चुनौती दिदै तुइन तरिरहेको अवस्थामा तुइन काटेर जिउदै नदीमा बगाएको हुँदा उक्त पाशविक घट्नामा संलग्न एसएसबीलाई कारबाही गर्न प्रशासनलाई स्थानीयले निवेदन दिएका छन् ।
उक्त घट्नालाई तोडमोड गरी घट्नाको सत्यतथ्य लुकाउन प्रत्यक्षदर्शीलाई नियन्त्रणमा राखिएको निबेदनमा उल्लखे गरिएको छ । घटना तोडमोड नगर्न समेत चेतावनी दिइएको छ ।
बैदेशिक रोजगारीमा जानका लागि गाउँबाट काठमाण्डौँ हिडेका धामी घर नजिकै महाकालीमा बेपत्ता भएपछि परिवार शोकमा छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया