कैलाली । धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। डोटीको शिखर नगरपालिका–३ की ६५ वर्षीया महिला र दिपायल सिलगढी नगरपालिका–१का ३३ बर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
मृतक महिला साउन १७ गतेदेखि अस्पतालको आइसीयुमा उपचाररत थिईन्। पुरुष साउन २१ गतेदेखि अस्पतालको भेन्टिलेटरमा उपचाररत थिए।
पछिल्लो समय अस्पतालमा कोरोनाका बिरामीको संख्या पनि बढ्दै गएको छ। सूचना अधिकारी श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा ६ कोरोनाका बिरामी उपचारका लागि अस्पतालमा भर्ना भएका छन। भर्ना भएका बिरामी संगै सेतीमा उपचाररत कोरोना संक्रमित बिरामीको संख्या २९ पुगेको छ। जसमध्ये ७ जनाको आइसीयु र २ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ।
यस्तै अस्पतालमा थप २४ जनामा कोरोना पुष्टि भएको छ। १ सय २१ नमूना परिक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको हो।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया