दार्चुला । अक्सफामको आर्थिक सहयोग तथा सहकार्यमा सामुदायिक ग्रामिण विकास समाज नेपाल (सिआरडिएस) ले दार्चुला जिल्लाका पाँच स्थानीय तहका साथै जिल्ला अस्पताल, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । संस्थाले कोरोनाको सम्भावित तेस्रो लहर आउनु पुर्व संक्रमण रोकथामका लागी स्वास्थ्य सामाग्री सहयोग गरेको सिआरडिएस नेपाल दार्चुलाका टिम लिडर अशोक ओझाले जानकारी दिनुभयो ।
अक्सफामको आर्थिक सहयोगमा संस्थाले खरिद गरेको १४ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री कार्यक्रम लागु भएका जिल्लाका पाँच वटा स्थानीय तह व्याँस, दुहुँ, मालिकार्जुन, लेकम गाउँपालिका र महाकाली नगरपालिकाका साथै जिल्ला अस्पताल दार्चुला, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपालको ४४ नम्बर गणलाई वितरण गरिएको ओझाले बताउनुभयो । शुक्रबार एक कार्यक्रमका बिच स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।
कार्यक्रममा उपस्थित सम्बन्धित स्थानीय तह र अन्य कार्यालयका प्रतिनिधिलाई उक्त सामाग्री हस्तान्त्रण गरिएको छ । संस्थाले पल्स अक्सीमिटर, डिजिटल थर्मामिटर, सर्जिकल मास्क, सर्जिकल पञ्जा, सेनिटाइजर, ह्याण्ड सेनिटाइजर, गाउन, कम्मल, सिरानी, ब्याडसिट र आइसोलेशन किट लगायत सामाग्री उपलब्ध गराएको सिआरडिएसले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया